Nepali Unicode | Preeti to Unicode

स्पेनिस ला लिगामा रियल म्याड्रिड  शीर्ष स्थानको बार्सिलोनासँग पराजित भएको छ । घरेलु मैदानमा रियललाई २–१ ले पराजित गर्दै बार्सिलोना विजयी भएको हो ।

एल क्लासिकोमा बार्सिलोनाको महत्वपूर्ण जितका लागि सजी रोबर्टो र फ्रान्क केस्सीले गोल गरे ।

क्याम्प नोउमा आइतबार राति भएको खेलको नवौं मिनेटमा रोनाल्ड एराउजोको आत्मघाती गोलबाट बार्सिलोना पछि परेको थियो । तर ४५औं मिनेटमा सर्जी रोबर्टोले गोल गर्दै  १–१ गोलको बराबरीमा ल्याए ।

खेलको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा फ्रान्क केस्सीले गोल गर्दै बार्सिलोनाको जित निश्चित गरे । जीतसँगै बार्सिलोनाले महत्वपूर्ण ३ अंक जोडेको छ ।

जितसँगै बार्सिलोनाले पछिल्लो तीन खेलमा रियललाई  पराजित गरेको छ । १६ अक्टोवर २०२२ मा ३–१ को जित निकाले यता रियल निरन्तर पराजित छ ।

जितसँगै बार्सिलोनाले १२ अंकको स्पष्ट अग्रता बनाएको छ । बार्सिलोनाको २६ खेलबाट ६८ अंक पुगेको छ । रियलसँग ५६ अंक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर