Nepali Unicode | Preeti to Unicode

पेरिस सेन्ट जर्मेन (पिएसजी)  फ्रेन्च लिग वानमा पराजित भएको छ । लिगको शीर्षस्थानमा रहेको  पिएसजी घरेलु मैदानमा रेनेससँग २–० ले पराजित भएको हो ।

रेनेसको जितमा कार्ल टोको एकम्वी र एर्नाउड कालीमुइन्डो मुइनगाले गोल गरे । आइतबार राति भएको खेलको पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको समयमा कार्ल टोको एकम्वीले अग्रता दिलाएका थिए ।

४८औं मिनेटमा एर्नाउड कालीमुइन्डो मुइनगाले गोल गरेपछि अग्रता दोब्बर बन्यो । पिएसजी लियोनल मेस्सी र केलियन एमबाप्पेलाई मैदानमा उतारेको थियो । तर दुई खेलाडीले गोल गर्न नसक्दा पिएसजीले फ्रेन्च लिग वानमा चौथो  हार व्योहोरेको हो ।

हारका बावजुत पिएसजी २८ खेलबाट ६६ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । रेनेस ५० अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर