Nepali Unicode | Preeti to Unicode

रत्ननगर, चैत्र ५ । चितवनको रत्ननगर स्थित शहिद स्मृति बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन अन्तर्गत मतदान सकिएको छ । सो क्याम्पसमा भएको निर्वाचनमा ७ सय ८१ अर्थत ६१ दशमलब २५ प्रतिशत मत खसेको छ ।

समानुमातिक तर्फ ७ सय ७७ मत खसेको छ । सो क्याम्पसमा १ हजार २२४ विद्यार्थी मतदाता थिए । सो क्याम्पसमा अखिलको सयुक्त प्यानल र नेपाल विद्यार्थी संघ प्रतिस्पर्धामा रहेको छ ।

अखिल सयुक्त प्यानलबाट अध्यक्षमा राजेन्द्र सापकोटा र नेविसंघबाट मनिष सुवेदी चुनावी मैदानमा छन् । अखिल सयुक्तबाट सचिवमा मोनिका सिलवाल र कोषाध्यक्षमा पानस तमाङ र नेविसंघबाट सचिवमा अमिरबाबु खनाल र कोषाध्यक्षमा प्रमिला बुढाथोकी चुनावी मैदानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर