Nepali Unicode | Preeti to Unicode

वर्तमान पुष्पकलम दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने भएपछि नेकपा एकीकृत समाजवादीभित्र कसले नेतृत्व गर्ने भन्ने बहस शुरु भएको छ । पार्टी उपाध्यक्ष एवं राजेन्द्र पाण्डे, पार्टी उपमहासचिव प्रकाश ज्वाला, केन्द्रीय सदस्य किसान श्रेष्ठ, राष्ट्रिय सभाबाट महिला सांसद गरिमा शाह लगायतले आकांक्षा राखिरहेका बेला सरकारमा कसको नेतृत्व रहने भन्ने बारेमा शुरु भएको हो ।

प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने विषयमा आजै बस्ने सचिवालय बैठकले निर्णय गर्नुका साथै सरकारमा जाने निर्णय  पनि गर्दैछ । सरकारमा रोज्ने पालो आफूहरुको भएको भन्दै एसका नेताहरुले गृह मन्त्रालयको दाबी गरिरहेका छन् ।

गृहसहित ३ मन्त्रालय लिएर सरकारमा जाने तयारीमा एस पार्टी रहेको छ । तर गठबन्धन दलहरुबीच कुन पार्टीले कुन मन्त्रालय लिने भन्ने बारेमा कुनै पनि प्रकारको निर्णय गरिसकेका छैनन् ।

कांग्रेसले अर्थ लिने भने पनि अझै टुंगिसकेको छैन । गृह माओवादी आफैँले राख्न खोजिरहेको छ । तर एस पार्टीले गृहसहित चार मन्त्रालय मागे पनि उसले तीनमा चित्त बुझाउन तयार भैसकेको छ ।

गृहमन्त्री पाउँदा एस पार्टीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वालामध्ये एक जनाले नेतृत्व गर्नेछन् । पार्टीको पदीय मर्यादा अनुसार पाण्डेले नै नेतृत्व गर्ने संभावना बढेर गएको छ ।

यदि पार्टीले गृह मन्त्रालय नपाए पार्टी महासचिव बेदुराम भुसाललाई सरकारमा पठाएर घनश्याम भुसाललाई पार्टीको महासचिव दिने अध्यक्ष माधवकुमार नेपालको योजना रहेको छ ।

पार्टीभित्रको सन्तुलन मिलाउन पनि घनश्याम भुसाललाई महासचिव बनाउनु पर्ने बाध्यता रहेका कारण गृह मन्त्रलय नपाएमा महासचिव भुसालले सरकारको नेतृत्व गर्ने संभावना रहेको पार्टी स्रोतले जनाएको छ ।

तर पार्टी उपाध्यक्ष पाण्डे र ज्वालाले गृहमै आखा लगाएकाले अध्यक्ष नेपाल दबाबमा रहेका छन् । उता माओवादीले पनि कांग्रेसलाई गृहमन्त्रालय दिनुभन्दा आफ्ना कर्मचारी राखेर एसलाई दिनुनै श्रेयकर ठानेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर