Nepali Unicode | Preeti to Unicode

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । आज बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिँदै छन् । यसअघि एमालेसँगको गठबन्धन सरकारको नेतृत्व गर्दा पुस २६ मा पनि प्रधानमन्त्री प्रचण्डलेलाई रास्वपाले विश्वासको मत दिएको थियो ।

रास्वपा सरकारबाट हटे पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। रास्वपाबाट प्रतिनिधि सभामा १९ सांसद छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर