Nepali Unicode | Preeti to Unicode

उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवले उपराष्ट्रपतिमा आफू विजयी भएमा राष्ट्रिय एकताको प्रवर्द्धन र संविधानको रक्षा गर्ने बताएका छन् ।

शुक्रबार उपराष्ट्रपतिका लागि मतदानपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले संविधानको पालना गर्ने कुरालाई पहिलो प्राथमिकतामा राख्ने र इमान्दारितापूर्वक जनताको पक्षमा काम गर्ने बताए ।

यादवले आफू नै सत्ता गठबन्धनको सर्वसम्मत उम्मेदवार भएको दाबी गर्दै सबैले आफूलाई नै मत दिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर