विश्व क्रिकेट लिग–२ मा नेपाल यूएईलाई हराउँदै विश्वकपमा छनोट भएको छ ।
बिहिबार त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएपछि डकवर्थ लुइस नियमका आधारमा नेपाल विजयी भएको हो ।
जितसँगै नेपालले एक दिवसीय विश्व कप क्रिकेटको सिधै क्वालिफायर खेल्ने पक्का भएको छ ।
