बुधबार सेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले घटेको छ । बुधबार नेप्से १४ दशमलव ४४ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ६३ विन्दुमा झरेको छ ।
बुधबार सबै समूहको सेयर घटेकोमा माइक्रोफाइनान्स र विकास बैंक समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।
बजार घटेको दिन दुई सय ५३ वटा कम्पनीको ३७ लाख १६ हजार कित्ता सेयर एक अर्ब २० करोड २१ लाख रुपैयाँमा कारोबार भएको छन् ।
सबैभन्दा धेरै एनआईसी एसिया बैंकको १० करोड ३५ लाख रुपैयाँको सेयर किनबेच भयो ।
ब्ुधबार सबैभन्दा धेरै किसान लघुवित्तको सेयर झन्डै छ प्रतिशत र बाराही हाइड्रोको सेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।
समग्रमा बजार घटे पनि बुधबार सबैभन्दा धेरै युनिक नेपाल लघुवित्त र शुभम् पावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।
