नेपाली काङ्ग्रेसले उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहायप्रसाद यादवलाई मत दिने निर्णय गरेको छ ।
बुधबार बिहान बसेको काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समितको बैठकले यादवलाई मत दिने निर्णय गरेको हो ।
चैत ३ गते हुने उपराष्ट्रपति पदको चुनावमा यादव सत्ता गठबन्धनको साझा उम्मेदवार हन् ।
नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपतिको उम्मेदवार छन् ।
नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार प्रधानमन्त्रीले ७ गतेसम्म विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार हुनेछ ।
