Nepali Unicode | Preeti to Unicode

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट विदा भएकी छन् । राष्ट्रपतिको लगातार दुई कार्यकाल पूरा गरी भण्डारी सोमबार शीतल निवासबाट विदा भएकी हुन् ।

निवर्तमान राष्ट्रपति भण्डारिलाई नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले विदाइ गरेका छन् ।

भण्डारी शीतलनिवासबाट बालुवाटारस्थित छोरीको निवासमा गएकी छन् । उनी बुढानीलकण्ठस्थित निजी निवासमा जाने भनिए पनि मर्मतको काम पूरा नभएकाले छोरीको निवासमा गएकी हुन् ।

उनी शितल निवासबाट निजी निवासमा जाँदै गर्दा नेपाली सेनाको टोलीले टुँडिखेलबाट २१ तोपको सलामी दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर