Nepali Unicode | Preeti to Unicode

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले  पपुवा न्युगिनीविरुद्ध  टस जितेर फिल्डिङ रोजेको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् । जारी सिरिजको पहिलो खेलमा नेपालले पिएनजीलाई पराजित गरेको थियो । दोस्रो खेलमा युएईमाथि सानदार जित निकालेको थियो । दुवै खेलमा नेपालले पहिला ब्याटिङ गरेको थियो ।

आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ । गुलशन झालाई बेन्चमामा राखेर बस्दा करण केसीलाई टोलीमा राखेको छ ।

लिगमा नेपाल ३४ खेलमा १७ मा जित र १५ मा हारसहित ३६ अंक जोडेर चौथो स्थानमा छ । नेपाल आगमी चार वर्षको लागि ओडिआई मान्यता पक्का गरेको छ। पिएनजी र युएईलाई पराजित गरे नेपाल लिगको शीर्ष तीनमा रहदै जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट सोझै खेल्न पाउँछ । दुई मध्य एक खेल पराजित भएमा भने क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ ।

नेपालको प्लेइङ ११ ः
आसिफ शेख , कुशल भुर्तेल, करण केसी, रोहित पौडेल ९कप्तान०, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी, सोमपाल कामी र सन्दीप लामिछाने ।

प्रतिक्रिया

सम्बन्धित खवर