आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम शृङ्खलाको दोस्रो खेलमा नेपालले यूएईलाई जितका लागि २४९ रनको लक्ष्य दिएको छ ।
कप्तान रोहित पौडेलको अर्धशतकमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईलाई २ सय ४९ रनको लक्ष्य दिएको हो ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.२ ओभरमा २ सय ४८ रनमा अल आउटभयो ।
नेपालका कप्तान रोहित पौडेलले १ सय १२ बलमा ९ चौकासहित सर्वाधिक ७७ रनको योगदान दिए । रोहित नेपालबाट ओडिआई सर्वाधिक अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन् ।
