नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन् ।
उनले राष्ट्रपति चुनावको परिणाम सार्वजनिक भएलगतै सामाजिक सञ्जालमार्फत पौडेललाई बधाई दिएका हुन् ।
उनले लेखेका छन्, ‘राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा मेरा मित्र रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई ।’
बिहीवार भएको राष्ट्रपतिको चुनावमा पूर्वसभामुख एवम् नेपाली काङ्ग्रेसका वरिष्ठ नेता पौडेल देशको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
उनी नेकपा एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
