एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाई सरोजकुमार उपाध्यायको घरको छतबाट खसेर मृत्यु भएको छ । उनी एकीकृत समाजवादी पार्टीका नेता हुन् ।
शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेका थिए । कफी खानका लागि पुगेका उनी कफी सपको छतबाट खसेका थिए ।घटनास्थलबाट उद्दार गरी उनलाई सिभिल अस्पताल लगिएको थियो । त्यहाँबाट अन्नपूर्ण अस्पताल लगिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।
