विगत केही समय यता ओरालो लागेको नेप्से परिसूचकले यस साता पनि आफ्नो खराब प्रदर्शनी यथावत् राखेको छ । ओरालो लाग्नुको प्रमुख कारण प्यानिक शेलिङ रहेको छ। बजारको स्थितिमा केही समय आश जागे पनि विस्तारै बजार घट्न थालेपछि लगानीकर्ताहरू प्यानिक (आत्तिएको) भएर आफ्ना शेयरहरू बेच्न थालेका छन् ।
