Nepali Unicode | Preeti to Unicode

बुधबार सेयर बजार उच्च अङ्कले घटेको छ । बुधबार सेयर बजार परिसूचक नेप्से २४ दशमलव ४४ अङ्कले घटेर १ हजार ९ सय ९५ दशलमव ४९ विन्दुमा झरेको हो ।

बुधबार सबै समूहको सेयर घटेर बजार राताम्मे हुँदा बीमा, लघुवित्त र उत्पादन समूहको सेयर उच्च अङ्कले घटेको छ ।

बुधबार २ सय ५७ वटा कम्पनीको ३७ लाख २९ हजार कित्ता सेयर एक अर्ब २८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपर तामाकोसीको ८ करोड ७२ लाख रुपैयाँको सेयर किनबेच भयो ।

बुधबार सबैभन्दा धेरै बोटलर्स नेपालको सेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आदर्श लघुवित्तको सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर