Nepali Unicode | Preeti to Unicode

यू–१९ विश्व कप एसिया छनोटमा नेपालले हङकङलाई ९ विकेटले हराएको छ । हङकङले दिएको १ सय २१ रनको लक्ष्य नेपालले २२ ओभर १ बलमा १ विकेट गुमाएर भेटायो ।

नेपालका लागि आकाश त्रिपाठीले सर्वाधिक ६४ रन बनाए । यस्तै उत्तम रङ्गु थापा मगरले ३९ रन बनाउँदा अर्जुन कुमाल १६ रन बनाएर आउट भए । बलिङतर्फ हङकङका ड्यानियल मोर्गन मापले १ विकेट लिए ।

यसअघि यूएईमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ४६ ओभर ३ बलमा १ सय २० रन बनाउँदा अलआउट भयो ।

हङकङका लागि पार्थ भगवतले सर्वाधिक ३६ रन बनाए । बलिङतर्फ नेपालका हेमन्त धामीले ३ तथा आकाश चन्द र सुवास भण्डारीले २र२ विकेट लिए ।

नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६ रन र कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

प्रतियोगितामा नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ ।

राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कपका लागि छनोट हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर