केलियन एमबाप्पे र लियोनेल मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा जित निकालेको छ । घरेलु टोली मार्सेमाथि ३–० को सानदार जित निकालेको हो ।
पिएसजीको जितमा एमबाप्पेले दुई गोल र एक असिस्ट गरे । मेस्सीले एक गोल र दुई असिस्ट गरेका थिए ।
आइतबार राति भएको खेलको २५औं मिनेटमा एमबाप्पेको गोलबाट पिएसजीले अग्रता लिएको थियो । २९औं मिनेटमा मेस्सीले गोल गर्दै पिएसजीको अग्रता दोब्बर बनाए ।
५५ओं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो र क्लबका लागि तेस्रो गोल गरे । थप समयमा गोल नभएपछि पिएसजी ३–० ले विजयी भएको हो ।
जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको २५ खेलबाट ६० अंक पुगेको छ । पराजित मार्से ५२ अंक जोडेर दोस्रो स्थानमा छ ।
