Nepali Unicode | Preeti to Unicode

ला लिगाको उपाधि दौडमा रहेको बार्सिलोना फुटबलमा पराजित भएको छ । ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना अल्मेरियासँग १–० ले ले पराजित भएको हो ।

बार्सिलोनालाई पराजित गर्न इएल विलाल टोउरेले पहिलो हाफमा गोल गरेका थिए । आइतबार राति भएको खेलमा विलालले २४औं मिनेटमा लुइस सुआरेजको पासमा गोल गरेका थिए । उनले गरेको गोल नै निर्णायक भयो ।

एक गोलले पछि परेको अवस्थामा बार्सिलोनाले ७२ प्रतिशत बल पोसेसन राखेपनि  गोल गर्न नसक्दा यो सिजनमा दोस्रो हार व्योहोरेको हो ।
हारसँगै बार्सिलोनाले अग्रतालाई  मजवुत बनाउने मौका गुमाएको छ । शीर्षस्थानमा रहेको बार्सिलोनाले २३ खेलबाट ५९ अंक जोडेको छ । बार्सिलोना रियल म्याड्रिडभन्दा ७ अंकले अगाडि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर