स्पेनको राष्ट्रिय टोलीका डिफेन्डर पूर्व कप्तान सर्जियो रामोसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएको घोषणा गरेका छन् ।
३६ वर्षीय रामोसले बिहीबार सामाजिक सञ्जालबाट अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन् ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पीएसजी बाट व्यावसायिक फुटबल खेलिरहेका रामोसले स्पेनका लागि १८० खेलमा २३ गोल गरेका छन् ।
सन् २०१० को विश्वकप विजेता डिफेन्डर रामोस स्पेनले २००८ र २०१२ मा युरोकप जित्दा पनि टोलीमा रहेका थिए ।
