प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।
भेटघाट सकिएपछि पत्रकारहरूको प्रश्नको जवाफ दिँदै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले राष्ट्रपतिको उम्मेदवारको टुंगो लाग्न बाँकी रहेको बताए ।
पत्रकारहरूले पुरानो गठबन्धन ब्युँताउन लाग्नुभएको भनेर प्रश्न गर्दा उनले अझै टुंगो छैन भन्ने जवाफ दिए ।
भेटमा सहभागी नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रपति निर्वाचनको विषयमा सबै दलहरूसँग छलफल गर्ने क्रममा एकीकृत समाजवादीसँग पनि कुराकानी गरेको बताए । तर गठबन्धन बदल्ने निष्कर्षमा नपुगेको उनले बताए ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि प्रधानमन्त्री प्रचण्डले छलफल गरिरहेको भन्दै उनले अरु पार्टीहरूसँग पनि छलफल गर्ने बताए ।
उनले भने, ‘हामीले सबैसँग छलफल गर्दैछौं । गठबन्धन परिवर्तन गर्ने निश्कर्षमा पुगिसकेको छैन ।
