Nepali Unicode | Preeti to Unicode

महोत्तरीमा भतिजोले चक्कु प्रहार गरेर ७० वर्षीय काकाको हत्या गरेका छन् ।

महोत्तरीको महोत्तरी गाउँपालिका–३ मडै गाउँ बस्ने वर्ष ७० का शिव महराको आफ्नै भतिजोले चक्कु प्रहार गरी हत्या गरेको प्रहरी नायब उपरीक्षक सन्तोष पोखरेलले बताए ।

अण्डकोष आगाडि तिघ्रामा चक्कु प्रहार गरे लगतै घटनास्थलमै काकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

३० वर्षीय बिजेन्द्र महराले गए राति कालालाई चक्कु प्रहार गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर