मोरङको दुई स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
आइतबार बिहान सुन्दरहरैँचा–५ स्थित भित्री सडक खण्डमा प्रदेश १–०२–०४७ प २८२४ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक सुन्दरहरैँचा–५ का ५० बर्षीय चक्र बहादुर श्रेष्ठरहेका छन् ।
दुर्घटनामा घाइते भएका उनको विराटनगर स्थित विराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै आइतबार राती ११ बजे विराटनगर–४ स्थित राजमार्गमा प्रदेश १–०२–०४२ प ६०४९ नम्बर र लु १८ प ५४५६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका अर्घाखाँची सन्धिखर्कका २६ बर्षीय प्रकाश महतको उपचारको क्रममा नोवेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते विराटनगर–५ का २४ बर्षीय अमन खान र अर्घाखाँची सन्धिखर्कका ४८ बर्षीय बिण्णु परियारको नोवेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
