Nepali Unicode | Preeti to Unicode

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह अलमलमा रहेको बताएका छन् ।

आइतबार विराटनगरमा पत्रकारसित कुरा गर्दै ओलीले यस्तो बताएका हुन् । उनले ज्ञानेन्द्र शाहले आफ्नो वरिपरि २–४ जना मानिस देख्ने बित्तिकै पुरानै झल्को आउने गरेको र बोल्ने गरेको बताए ।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको शुभकामना दिँदै सहकार्यको प्रस्ताव राखेको सन्दर्भमा पत्रकारले सोधेको प्रश्नमा ओलीले भने, ‘कोसँग केसँग सहकार्य ? ज्ञानेन्द्रजी राजनीतिमा हिँडिरहनु भएको छ, अस्ति दियो बाल्नु भयो क्यारे मेचीमा गएर, भएकै छ त ।’

जनताले शासन हातमा लिएको १५ वर्ष मात्र भएको भन्दै ओलीले मिलाउने कुराहरू मिल्दै गएको र काम भइरहेको ओलीले बताए ।

राजालाई सहभागी गराएर कार्यक्रम गर्ने नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई कारबाही गर्नु हुन्न भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘कारबाहीको तपाईंहरूलाई किन चिन्ता हो ?’

प्रतिक्रिया

सम्बन्धित खवर