मंगलबार मध्य रातमा मादकपदार्थ सेवन गरेर झै–झगडा गरेको आरोपमा पक्राउ परेका कलाकार पवन खतिवडा ‘म्याकुरी’ छुटेका छन् ।
इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेका उनलाई मिलापत्र पछि छाडिएको हो ।
मंगलबार राति मोरङको बेलबारी नगरपालिका–४ का जीवन कार्कीमाथि कुटपिट गरेको आरोपमा खतिवडा र रमेश भण्डारीलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको थियो ।
बुधबार साँझ कार्की पक्ष र खतिवडाबीच मिलापत्र भएपछि उनीहरूलाई छाडेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) दीपक पोखरेलका अनुसार मंगलबार बेलुका बेलबारी–१ स्थित एक होटलमा बसी उनीहरूले मदिरा सेवन गरेको र त्यसक्रममा विवाद हुँदा उक्त घटना भएको हो ।
त्यसपछि पुगेको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
