Nepali Unicode | Preeti to Unicode

सेयर बजार आज सोमवार पनि सामान्य अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज ४.६२ अङ्कले बढेर दुई हजार एक सय दशमलव ७१ विन्दुमा पुगेको छ ।

आज विकास बैंक, बीमा र म्युचल फन्डबाहेक अरू सबै समूहको सेयर सामान्य बढेको छ । बजार बढे पनि कारोबार रकम भने घटेको छ ।

हिजो एक अर्ब ९३ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज दुई सय ५९ वटा कम्पनीका ३९ लाख २२ हजार कित्ता सेयर एक अर्ब ४७ करोड ४१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको छ करोड ४५ लाख रुपैयाँको सेयर किनबेच भयो ।

आज आदर्श लघुवित्तको सेयर १० प्रतिशत र मिथिला लघुवित्तको सेयर साढे पाँच प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै बाराही हाइड्रो पावर कम्पनीको सेयर साढे चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर