राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आज नै पदबाट राजीनामा दिने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाका तीन मन्त्रीहरूले राजीनामा बुझाउने सभापति रवि लामिछानेले बताएका छन् ।
आइतबार बाेलाइएकाे पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले उक्त घोषणा गरेका हुन् ।
सरकारलाई समर्थन राख्दै मन्त्रीहरुलाई फिर्ता बोलाइ पार्टीबाट बाहिरिने पार्टिकाे केन्द्रिय समिति र संसदीय दलकाे बैठकले सर्वसम्मत निर्णय गरेको थियाे ।
