Nepali Unicode | Preeti to Unicode

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । उनले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै विशेष पत्रकार सम्मेलन गर्ने जनाएका हुन् । उनले लेखेका छन्, ‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ । त्यस लगत्तै  पार्टी कार्यालयबाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु । म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन् । मैले सिधाकुरा नगरेको धेरै भएछ।’

उनले हिजोसम्मको समय दिएर प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गृहमन्त्रालय दिन माग गरेका थिए । तर सर्वोच्च अदालतको पूर्णपाठ पर्खिने अडान लिएर प्रचण्डले रविलाई भौतिक पूर्वाधार मन्त्रालय लिन आग्रह गरेपछि हिजो राति एकाएक रास्वपाको बैठक बसेको थियो ।

तर त्यो बैठकले कुनै निर्णय लिन सकेको थिएन । बैठक आज पनि बस्दैछ । तर रविले उक्त पार्टीको बैठक भन्दा छुट्टै विशेष पत्रकार सम्मेलन गर्न लागेको जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर