Nepali Unicode | Preeti to Unicode

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर जबराले संसदमा आफूहरूलाई नहेप्न आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले आफूहरूलाई हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्र स्थापित गर्नकै जनताले मत दिएको भन्दै संसदमा नहेप्न आग्रह गरेका हुन ।

बुधबार नै प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले राप्रपाबाट मन्त्री बनेका नेताहरूले हिन्दुराष्ट्र र राजतन्त्रको वकालत गरेको भन्दै विरोध जनाएका थिए ।

राप्रपा नेता राणाले आफ्नो बोल्ने पालोमा धर्मनिरपेक्षता र गणतन्त्रलाई संविधानले अपरिवर्तनीय विषय नमानेकाले बोल्न पाउनुपर्ने बताए ।

आफूहरुलाई हिन्दु राष्ट्र र राजसंस्थाको वकालत गर्न जनताले मत दिएको पनि महामन्त्री राणाले बताए ।
उनले अन्तिममा भने, ‘हामीलाई हेप्ने काम, हामीलाई होच्याउने काम यो सदनबाट आइन्दा फेरि नहोस् ।’

प्रतिक्रिया

सम्बन्धित खवर