लगातार तेस्रो दिन आज मंगलवार पनि सेयर बजार दोहोरो अङ्कले घटेको छ । सेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ७० विन्दुले घटेर दुई हजार एक सय ११ दशमलव ६८ विन्दुमा झरेको छ ।
जलविद्युत समूहबाहेक सबै समूहको सेयर घटेकोमा जीवन बीमा, माइक्रोफाइनान्स र होटल समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।
मंगलबार दुई सय ५९ वटा कम्पनीका ७५ लाख ५३ हजार कित्ता शेयर दुई अर्ब ८२ करोड ४५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै रिडी हाइड्रोको १९ करोड २० लाख रुपैयाँको सेयर किनबेच भयो ।
सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्त र प्राइम लाइफ इन्सुरेन्सको सेयर पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार बढे पनि आदर्श लघुवित्तको सेयर १० प्रतिशत र बाराही हाइड्रोको सेयर साढे सात प्रतिशतले बढेको छ ।
