Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

कञ्चनपुर – कञ्चनपुरमा अत्याधुनिक हतियार देखाएर जुवाको रकम लुट्न खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान खेतमा जुवा खेलिरहेका व्यक्तिहरुलाई अत्याधुनिक हतियार देखाएर तीन लाख ९५ हजार रुपैयाँ लुट्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वेदकोट नगरपालिका १ पिपलथलाका केदार विष्ट, वडा नम्बर २ वसन्थलाका २२ वर्षीय पारसमणि जोशी र कृष्णपुर नगरपालिका ५ का २६ वर्षीय दीपक भट्ट रहेका छन् । उनीहरुलाई प्रहरीले बुधबार बेलुका एक थान सेमी अटोमेटिक पेस्तोल र म्याग्जिनसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सात÷आठ जनाको समूहमा आएका व्यक्तिहरुले वेदकोट नगरपालिका ५ पोलखरी बस्ने ५२ वर्षीय पुष्कर बोहराको घर नजिकै खेतमा तास खेलिरहेका व्यक्तिहरुबाट तीन लाख ९५ हजार नगद र तीन थान मोबाइल लुटेर फरार भएका थिए । रकम लुटिएको सूचनापछि घटनाको अनुसन्धानका लागि खटिएको जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट दैजीको संयुक्त टोलीले घटनामा संलग्नहरुलाई हतियारसहित पक्राउ गरेको हो ।

प्रहरीले तास खेलिरहेको खेतबाट समेत एक थान म्याग्जिन र दुई राउण्ड गोली फेला पारेको थियो । यस्तै त्यो घटनामा प्रयोग भएको से ६ प २२६३ नम्बरको मोटरसाइकल र दुई  थान मोबाइलसमेत बरामद भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख मुकुन्द मरासिनीले पक्राउ परेका व्यक्तिहरुलाई म्याद थपका लागि पठाइएको बताउँदै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय