Nepali Unicode | Preeti to Unicode

काठमाडौं, २३ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भोलिसम्म सचिवालय बैठक बोलाउन आफूहरुले अल्टिमेटम दिएको स्पष्ट पारेका छन् ।नेता खनालले भोलिसम्मपनि अध्यक्ष ओलीले बैठक नबोलाए आफूहरु विधि र प्रक्रियाअनुसार अघि बढ्ने चेतावनी दिएका छन् ।

उनले भने,”हामीले हिजो भेटेरै ओलीजीलाई तत्काल बैठक बोलाउन भनेका छौं, हामीले त भोलिसम्मको अल्टिमेटम दिएका छौं । यदि उहाँले भोलिसम्म पनि बैठक बोलाउनु भएन भने हामी विधि र प्रक्रियाअनुसार निर्णय लिन्छौं । सचिवालयका बहुमत सदस्यहरुले तत्काल बैठक बोलाउन माग गरेपनि उहाँले बहुमतको निर्णय मान्नुपर्छ ।”

नेकपाभित्र यतिवेला अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच विवाद चुलिएको छ । प्रधानमन्त्री ओलीले पार्टीका निर्णयहरु एकपछि अर्को गरेर कार्यान्वयन नगरेको, र विधि र प्रक्रियापनि कुल्चिएको दाहाल पक्षको आरोप छ । सचिवालयका ५ जना नेताहरु अध्यक्ष दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले हिजोमात्रै ओलीसँग बालुवाटार पुगी भेटवार्ता गरेका थिए । उनीहरुले सचिवालय र स्थायी कमिटी बैठक बोलाउनको लागि लिखित रुपमै आग्रह गरेका छन् । तर, ओलीले आफू बैठक विरोधी नभएको भएपनि तत्काल बैठक बोलाउनुपर्ने आवश्यकत्ता नरहेको जवाफ दिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर