नेपाली काङ्ग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ ।
हेटौंडामा मंगलबार बिहान बसेको काङ्ग्रेसको बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले विश्वासको मत दिन कांग्रेसको बागमती प्रदेश संसदीय दललाई निर्देशन पनि दिएको छ ।
काङ्ग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिएर गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहने निर्णय गरेको काङ्ग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले बताए ।
११० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेसका ३७ सांसद छन् ।
