आज सत्ता साझेदार दलको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटार सत्ता साझेदार दलले आज बस्दैछ । आज सरकारको न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिनका लागि बैठक बस्न लागेको हो ।
सरकारको साझा कार्यक्रम आइसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनेछन् । ‘प्रचण्ड’ले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् ।
उनी विभिन्न राजनीतिक दलसहित एक सय ६९ सांसदको समर्थनमा यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रचण्ड छन् ।
