Nepali Unicode | Preeti to Unicode

इंग्लिस प्रिमियर लिगमा ह्यारी केन चम्कदा टोटेनहमले क्रिस्टल प्यालेसमाथि ४–० को  जित निकालेको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति क्रिस्टलको घरेलु मैदान सेलहार्ट पार्कमा टोटेनहमले जित निकालेको हो ।

टोटेनहमको जितमा ह्यारी केनले २ गोल गरे । माट डोहार्डी र सन ह्युगले १– १ गोल गरे । पहिलो हाफसम्म गोरहित बराबरीमा रहेको खेलको दोस्रो हाफमा टोटेनहमले प्रभावशाली प्रदर्शन गरेको थियो ।

खेलको ४८ औँ मिनेटमा इभान पेरिसिचको पासमा ह्यारी केनले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसको ५ मिनेटपछि बार्यन ग्रिलको पासमा केनले नै दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।

६८ औँ मिनेटमा माट डोहार्डीले गोल गर्दा पाहुना टोलीले ३– ० को अग्रता बनायो । ७२ औँ मिनेटमा सन ह्युगले गोल गर्दै  टोटेनहमले फराकिलो जित हात पारेको हो ।

जितसँगै १८ खेलमा ३३ अंक बनाएको टोटेनहम पाँचौ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर