Nepali Unicode | Preeti to Unicode

इन्गेजमेन्ट टुटेपछि ‘आत्मदाह’ गरेकी २७ वर्षीया पुष्पा न्यौपानेका प्रेमी जेल चलान भएका छन् ।

जिल्ला अदालत, काठमाडौंले प्रेमी सुदन संग्रौलालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

धुम्बराहीको पिपलबोट चोक नजिकै रहेको संग्रौलाको घर अगाडि १९ मंसिरमा जलिरहेको अवस्थामा न्यौपाने भेटिएकी थिइन् ।

उनको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर