Nepali Unicode | Preeti to Unicode

नेपाली काङ्ग्रेस प्रदेश १ को संसदीय दलका नेता छनोटका लागि शुक्रबार निर्वाचन हुँदैछ । दलको नेताका दाबेदारहरुले दाबी नछाडेपछि मतदानबाट नेता छान्न निर्वाचन तोकिएको हो ।

निर्वाचनको अगाडि कांग्रेस नेता डाक्टर शेखर कोइरालाले सबै पक्षलाई मिलाउने प्रयास गरेका छन् । बिहीबार आफ्नो निवासमा निर्वाचित सांसदलाई बोलाएर डाक्टर कोइरालाले  मिलाउने प्रयास गरेका हुन् ।  तर उनकाे प्रयास सफल भएन ।

कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा पक्षबाट अमृत अर्याल दलको नेताको दाबेदार छन् । डाक्टर शेखर कोइरालाको टिमबाट केदार कार्की दाबेदार छन् ।  कृष्णप्रसाद सिटौलाको टिमबाट प्रदेश सभापति उद्धव थापा दलको नेताको दाबेदार हुन् ।  सिटौलाको टिमबाट यसअघि भीम पराजुली पनि दाबेदार थिए । तर उनी पछिल्लो समय ब्याक भएका छन् ।

कांग्रेसका निर्वाचित सांसदलाई बधाई दिन भन्दै  नेता कोइरालाले घरमा बोलाएका थिए । घरमा करिब एक घण्टा छलफल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर