Nepali Unicode | Preeti to Unicode

नेपाली काङ्ग्रेसको शेखर–गगन पक्षले आफू पक्षीय नेताहरूको भेला बोलाउने तयारी गरेको छ ।

बुधबार बिहान बसेको शेखर–गगन पक्षका शीर्ष नेताहरूको बैठकले आफ्नो पक्षको बैठक बोलाउने निर्णय गरेको हो ।

काङ्ग्रेस नेता अर्जुनरसिंह केसीका अनुसार आजको बैठकमा सामान्य छलफल मात्रै भएको छ । अबको बैठकमा केन्द्रीय समिति र प्रदेश समितिमा जितेका र हारेका सबैलाई बोलाएर अहिलेको समग्र परिस्थितिमा छलफल गर्ने कुरा भएको उनले जानकारी दिए ।

यो समूहको बैठक केन्द्रीय समितिको बैठक अघि नै डाकिने छ । सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक २२ पुसमा बस्ने गरि बोलाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर