प्रधानमन्त्री नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चीनले बधाई दिएको छ । आइतबार प्रचण्ड प्रधानमन्त्री नियुक्त भएलगतै काठमाडौंस्थित चिनियाँ दूतावासले ट्वीटमार्फत प्रचण्डलाई बधाई दिएको हो । प्रचण्ड आइतबार नेकपा एमालेसहित ६ दलको समर्थनमा प्रधानमन्त्री बनेको हुन् । उनको शपथ आज छ ।
तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डलाई छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शुभकामना दिएका छन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार साँझ ट्वीट गर्दै माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री भएकोमा बधाई दिएका हुन् । नेपाल र भारतको बीचमा सांस्कृतिक र जनता जनता बीचको सम्बन्ध रहेको भन्दै उनले भनेका छन्, ‘यो मैत्रिपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन सँगै मिलेर काम गर्न चाहन्छौं ।’
