नेपाल प्रहरीका एसपी रामेश्वर यादव र हवल्दार ढक बहादुर गुरुङलाई सर्वाेच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले विशेष अदालतको फैसला उल्ट्याउदै यादवलाई दोषी ठहर गरेको हो ।
विशेष अदालतले उनीहरूलाई सफाई दिएको थियो । सर्वाेच्च अदालतबाट निर्णय हुँदा यादव जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख थिए ।
२०७० सालमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा रहेका बेलामा उनीमाथि अनियमितता गरी मुद्दा मिलाएको भनी भ्रष्टाचारमुद्दा दायर भएको थियो ।
विशेष अदालतले सफाई दिएसँगै उनको बढुवा भएको थियो ।
