राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा ४० जना केन्द्रीय सदस्य थपिएका छन् भने महामन्त्रीमा शरदराज पाठक मनोनीत भएका छन् ।
बिहिबार पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र समूहबाट महामन्त्री र ४० केन्द्रीय सदस्य राप्रपामा थपिएका हुन ।
राप्रपामा यसअघि ५ जना महामन्त्री थिए भने अब पाठकसहित ६ जना महामन्त्री भएका छन् ।
अब प्रदेश, जिल्ला र अन्य तहगत समायोजका काम सुरू हुने राप्रपाले जनाएको छ । मिश्र पक्षबाट आएका ३५ जना केन्द्रीय सदस्य भइसकेका छन् भने ५ जना मनोनीत हुन बाँकी छन् ।
केन्द्रीय कार्यसम्पादन समितिमा निरूपमा यादव, शोभा शाक्य, अनुपमान सैँजु, कर्ण बहादुर शाही, नारायण कोइराला, शरदराज पाठक, रवीन्द्र मिश्र मनोनीत भएका छन् ।
सहमहामन्त्रीमा उज्वलकृष्ण श्रेष्ठ र अमृत पुडासैनी मनोनीत भएका छन् । सहायक महामन्त्रीमा हरिकृष्ण अधिकारी र सौरेन्द्रबहादुर शाह मनोनीत भएको राप्रपाले जनाएको छ ।
अर्जुनप्रसाद खनाल, हरिप्रसाद गौतम, उद्धवप्रसाद भेटवाल, घनबहादुर शाह, चोकराज घिमिरे, जयप्रकाश गुरागाईं, दीपकप्रसाद उप्रेती, मधुसुदन केसी, रञ्जन कार्की, रोशन शिवाकोटी, लक्ष्मणराज सिटौला, सुशील देवकोटा, दिनेश भण्डारी, माधव भण्डारी, पशुपति पाण्डे, शान्ता गिरी, लक्ष्मी घिमिरे, वसन्ती ज्ञवाली, विना शाह, विपना शर्मा, सरस्वती पन्थी भुषाल, सुशीला अधिकारी केसी, संगीता श्रेष्ठ, राजु बस्याल केन्द्रीय सदस्यमा मनोनीत भएको मिश्रको सचिवालयले जनाएको छ ।
