Nepali Unicode | Preeti to Unicode

त्रिभुवन विश्वविद्यालयलयले १४ वर्षदेखि हुन नसकेको स्ववियु निवार्चन फागुन अन्तिममा गर्ने तयारी गरेको छ ।

विश्वविद्यालयको विद्यार्थी कल्याण परिषदको बैठकले फागुन अन्तिममा निर्वाचन गर्ने गरी तयारी गरिरहेको जनाएको छ ।

त्रिविको कार्यतालिका अनुसार प्रत्येक दुई वर्षमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्नुपर्ने हो ।

त्रिविले शिक्षाध्यक्ष शिवलाल भुसालको अध्यक्षतामा बुधबार सबै डिनहरू, कार्यकारी निर्देशक, परीक्षा नियन्त्रक र केही क्याम्पस प्रमुखसँग छलफल गरेको थियो ।

विद्यार्थीहरूको पढाइ, भर्ना र परीक्षा कार्यक्रम प्रभावित नगर्ने गरी निर्वाचन गर्ने तयारी भइरहेकाले फागुनको अन्तिममा चुनाव हुन सक्ने भुसालले बताए ।

विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख पशुपति अधिकारीले विद्यार्थीहरूको भर्ना, नतिजा प्रकाशन तथा परीक्षाको कारण फागुन १४ मा स्ववियु चुनाव गर्न नसकिने भएपछि फागुन अन्तिममा गर्न प्रस्ताव गर्ने तयारी गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर