शेरबहादुर देउवा नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् ।
देउवाले ६४ मत पाएका छन् । संस्थापन इतर समूहका उम्मेदवार गगनले २५ मत पाएका छन् ।
निर्वाचनमा ८९ जना सांसदहरुले मतदान गरेका थिए । गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए ।
