Nepali Unicode | Preeti to Unicode

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन् ।

सोमबार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरूलाई स्वागत तथा बधाई कार्यक्रममा उनले यस्तो बताएका हुन ।

आफूहरूले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आगामी दिनमा के गर्दा आफ्नो मान्यताहरू स्थापित हुन्छन् त्यही गर्ने लिङ्देनको भनाइ छ ।

उनले आफूहरू मन्त्री खानका लागि कसैको घर नधाउने स्पष्ट पारे । अध्यक्ष लिङदेनले सरकारमा जानुपरेमा वा कसैलाई समर्थन गर्नुपरेमा कारणसहित उल्लेख गर्ने बताए ।

अध्यक्ष लिङ्देनले राप्रपाको उकालो यात्रा सुरु भएको समेत बताए । उनले आगामी दिनमा सतर्कतापूर्वक अगाडि बढ्दै पार्टीलाई पहिलो बनाउने बताए । उनले पार्टीले अझै मत ल्याउनुपर्ने भन्दै प्राप्त भएको मत परिणाम बाट आफू सन्तुष्ट नभएको उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर