नयाँ सरकार गठनका लागि सत्तारुढ दल नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समिति र नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । नयाँ सरकार गठनका लागि गृहकार्य गर्न दलले बैठक बाेलाएका हुन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको तयारी लगायतका विषयमा छलफल हुने नेपाली कांग्रेस स्रोतले बतायो । नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन सूचना जारी गरेका छन् ।
