Nepali Unicode | Preeti to Unicode

नेपाल राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक बनेको चार महिनामै मनोज प्रभाकरले पद छाडेका छन् । राम्रो नतिजा दिन नसकेपछि उनले पद छाडेका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुले पनि राम्राे नतिजा निकाल्न नसकेपछि पद छाड्न दबाव दिएको बताइएको छ । मुख्य प्रशिक्षक प्रभाकर सोमबार भारत गएका छन् । उनले भारत पुगेपछि  राजीनामा दिने बताएका छन् । राजीनामा नदिए पनि नतिजा राम्रो नल्याएका कारण उनलाई मुख्य प्रशिक्षकमा निरन्तरता दिने सम्भावना नरहेको क्यानका एक पदाधिकारीले बताए ।

क्रिकेट संघले २३ साउनमा मात्र रणजी ट्रफी विजेता प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । उनको प्रशिक्षणमा नेपालले केन्या भ्रमण गरेको थियो, जसमा नेपाल ३–२ ले टी–२० सिरिज जित्यो । तीन म्याचको एकदिवसीय शृ‌खला क्लिन स्वीप गर्‍यो ।

नोभेम्बरमा काठमाडौंमा युएईसँग तीन एकदिवसीय शृ‌ङ्खला खेल्यो, जुन नेपालले २–१ ले जित्यो । नेपालका लागि महत्वपूर्ण क्रिकेट वर्ल्डकप लिग टूमा भने नेपाल कमजोर देखियो । नामिबिया टूरमा नेपालले घरेलु टोलीसँग खेलेको पहिलो खेल वर्षाले अवरुद्ध भयो । नामिबियासँग दोस्रो र स्कटल्याण्डसँग भएको दुबै खेलमा पराजित भयो । पराजित भएपछि नेपाल शीर्ष तीनमा पर्ने सम्भावना सकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर