आइतवार ३२ अङ्कले घटेको सेयर बजार परिसूचक नेप्से आज सोमवार १७ अङ्कले बढेको छ । नेप्से सोमबार १६ दशमलव ९७ अङ्कले बढेर एक हजार नौ सय दुई दशमलव २८ विन्दुमा पुगको छ ।
सोमबार बैंकिङबाहेक अरू सबै समूहको सेयर बढेको छ । सोमबार दुई सय ४५ वटा कम्पनीको ४४ लाख ७० हजार कित्ता सेयर एक अर्ब ३६ करोड ६० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको २१ करोड ३२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
नेप्से परिसूचक बढेको दिन सबैभन्दा धेरै सीवाईसी नेपाल लघुवित्त र समिट लघुवित्तको सेयर १० प्रतिशत तथा नेपाल दूरसञ्चार कम्पनीको सेयर साढे सात प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढे पनि सबैभन्दा धेरै ग्लोबल आईएमई फन्ड १ को सेयर १० प्रतिशत तथा कुमारी दीर्घायु योजना र मैलुङखोला जलविद्युत कम्पनीको सेयर झन्डै छ प्रतिशतले घटेको छ ।
