प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र सङ्घीय संसद् सचिवालयले सर्वाेच्च अदालतमा पठाएको छ ।
बुधवार सङ्घीय संसद् सचिवालयले जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र सर्वाेच्च अदालतमा पठाएको हो ।
योसँगै प्रधानन्यायाधीश जबरा अदालतमा फर्किने बाटो खुलेको छ । आफूविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएसँगै जबराले सर्वाेच्च अदालत जाने तयारी गरेका छन् ।
यसअघि गएको फागुन १ गते जबराविरुद्ध विभिन्न आरोप लगाएर सत्तारूढ दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदले प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए ।
महाभियोग दर्ता भएसँगै जबरा स्वतः निलम्बनमा परेका थिए ।
