Nepali Unicode | Preeti to Unicode

सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय नभएको र आउँदो संसदमा छलफल हुने जनाएको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभामा निलम्बित प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव जीवितै रहेको बताएका हुन ।

उनले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा यस्तो उल्लेख गरेका हुन । उनले आउँदो प्रतिनिधिसभामा जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने जानकारी दिए ।

कार्कीले भने, ‘यो महाभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति हो । यसको छलफल आउने प्रतिनिधि सभामा हुन्छ र छलफल भएरै निर्णयमा पुग्छ ।’

संसद् सचिवालयका महासचिवले जबरालाई महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र दिएपछि अहिले अन्योल बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर