Nepali Unicode | Preeti to Unicode

कतारमा जारी विश्वकप फुटबलमा  अष्ट्रेलियालाई पराजित गर्दै उपाधि दाबेदार अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ । अहमेद बिन अलि स्टेडियममा शनिबार राति अष्ट्रेलियालाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक एक गोल गरे । अष्ट्रेलियाले एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको ३५ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । मेस्सीको  याे  करियरको १००० औं  खेल हाे ।

खेलको ५७ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाए । खेलको ७७ औं मिनेटमा इन्जो फर्नान्डेजले आत्मघाती गोल गरेपनि अर्जेन्टिना २–१ ले विजयी भयो ।

अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर